स्थानीयवासीहरुले मर्निक वाकमा निस्कदा खेरी युवतिको लास देखेपछि तत्कालै प्रहरीलाई खवर गरेको थियो । प्रत्यदर्शी र स्थानीयका अनुसार ती युवति कपडा पसल सँचालन गर्दै आएकी थिएन् ।

जनकपुरको पेठिया बजार नजिकै रहेको पोखरीको पश्चिमी डिलमा पानी भित्रै उनको लास देखिएको छ । युवति अन्दाजी वर्ष २५ की रोशनी खातुन रहेको स्थानीयवासीहरुले जनाएका छन् ।

यद्यपी, युवतिको नाम, ठेगाना बारे जिल्ला प्रहरी कार्यालय धनुषा वा जिल्ला प्रशासन कार्यालय (स्थानीय प्रशासन) ले अधिकारिक पुष्टि भने गरेको छैनन् ।

जनकपुरको सबभन्दा ठुलो तरकारी बजारको रुपमा रहेको पेठिया बजारको नेपाल टेलिकमको अफिस नजिकै कपडा पसल सँचालन गर्दै आएकी खातुनको शव रहेको स्थानीयवासीहरुले न्यूज ब्यूरोसँग भने । यद्यपी, प्रशासनले पुष्टि भने गरेको छैन् ।

उनको हत्या गरी फालेको हुन सक्ने आशंका गरिएको छ । भर्खरै जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थल पुगेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ। श्रोत: न्युज ब्युरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय