साहलाई पक्राउ नगरिए सम्पूर्ण औषधि पसल बन्द गर्ने चेतावनी

जनकपुरधाम, औषधी व्यवसायी संघ धनुषाले आफ्ना संगठनका अंचल महासचिव प्रमोद अग्रवाललाई कुटपिट गर्नेलाई १० दिनभित्र प्रहरीले पक्राउ नगरे जिल्लाको सम्पूर्ण औषधि पसल बन्द गर्ने चेतावनी दिएको छ ।

बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले गत फागुन २६ गतेका दिन महासचिवलाई कुटपिट गर्ने जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ निवासी रुफटप होटलका संचालक धर्मेन्द्र साहलाई चैत ९ गतेसम्म पक्राउ गरी कानूनी दायरमा ल्याउन अल्टिमेटम दिइएको हो ।

संघका महासचिव तेजनारायण चौधरीद्वारा जारी सो विज्ञप्तिमा अल्टिमेटम अवधि भित्र दोषी साहलाई कानूनी दायरामा नल्याए बाध्य भएर जिल्लाका सम्पूर्ण औषधी पसल बन्द गरी आन्दोलनमा जाने चेतावनी दिइएको छ ।

स्थानीय जनकपुर टेलिभिजनका संचालक समेत रहेका अग्रवालले गुठी संस्थानसँग भाडामा जग्गा लिएर औषधी पसल सञ्चालन गर्दै जग्गाबाट केही जग्गा साहले जबर्जस्ती धाकधम्की देखाएर कब्जा गर्न खोज्दै कुटटिप गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराइएको उजुरीमा भनिएको छ ।

उजुरी परे लगतै धनुषा प्रहरीले साहको खोजी व्यापक रुपमा गर्दै आएको छ । प्रहरीका अनुसार हाल साह फरार रहेको कारण पक्राउ पर्न सकेको छैन ।

पछिल्लो पटक समाचार संकलनको क्रममा जनकपुरधाम उपमहानरपालिकाका पत्रकारहरुलाई कुटपिट घटनामा संलग्न रहेको आरोपमा २ दिन थुनामा राखि प्रजिअले धरौटीमा रिहा गरेको थियो ।

साहको यो कुनै नौलो घटना होइन यसअघि पनि जनकपुरधाम स्थित अक्षर विद्या मन्दिरका संचालक पंकज जालानलाई समेत कुटपिट गरेका थिए । साहलाई जनकपुर उद्योग वाणिज्य संघ र जनकपुरधामका मेयर लालकिशोर साहले पृष्टपोषण गरेको कारण मनोबल बढदै गएको हो ।copy लाेक पुकार

यस्तो छ विज्ञप्ति :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय