काठमाडौं– खानेपानी मन्त्री विना मगरले २५ करोड बार्गेनिङ गरेको विषयले अहिले बजार तातेको छ। मगरले घुस मागेको भन्दै तत्कालीन सचिव गजेन्द्र ठाकुरले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । त्यसपछि उनलाई अर्कै मन्त्रालयमा सरुवा गरिएको थियो ।

राजाले पैसा खाएर देश वेचेको इतिहास छैन | समर्थन गर्ने सबैले से-यर गरौं

मेलम्ची खानेपानी आयोजना निर्माणका लागि इटालियन ठेकेदार कम्पनी सीएमसीसँग मन्त्री मगरले २५ करोड रुपैयाँ माग गरेको र सो नदिएपछि नेपालबाट लखेटिएको त्यतिबेला समाचारमा आएका थिए । मन्त्रीले घुस रकम माग गरेको अडियो टेप आफूले सार्वजनिक गर्ने भन्दै अहिले पूर्वसचिव ठाकुरसमेत तानिएका छन् । यो विषयले उग्र रूप लिँदै गएको छ ।

खानेपानी मन्त्रालयमा सचिव रहँदा मन्त्रीसँग विवाद भएको र त्यसपछि उनलाई जगेडामा राखिएपछि उनले मन्त्री बिना मगरले २५ करोड रुपैयाँ घुम मागेको र त्यसको अडियो आफूसँग रहेको भन्दै सार्वजनिक गर्ने धम्की दिएका थिए ।

स्रोतका अनुसार मन्त्री विना मगरले मागेको अडियो टेपबारे प्रधानमन्त्री निवास बालुवाटारले सूक्ष्म रूपमा अनुसन्धान थालेको छ । यदि त्यसमा कुनै कैफियत भेटिएमा तत्काल उनको मन्त्री पद जाने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय