बारा, फागुन २५ गते ।

बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदारलाई १२ बर्षपछि प्रहरीले पक्राउ गरिएको छ ।

गतराती बिशेष सूचनाको आधारमा बाराको बारागढी गाँउपालिका–६ गडहलगाँउ स्थित घरैबाट फौजदारलाई पक्राउ गरिएको हो ।

२०६४ साल कार्तिक १८ गते पत्रकार साहलाई बाराको ढोडिया पिपरागाँउ नजिकैबाट तत्कालीन सशस्त्र माओबादी कार्यकर्ताले अपहरण गरेका थिए । 

साहसंगै मोटरसाईकलमा गएका उनका सहयोगी रामकुमार दासलाई कुटपिट गरी मोटरसाईकलसहित पिपरा नजिकैको जंगलमा हातमुख बाँधेर छोडेका थिए ।

अपहरित पत्रकारको अवस्था सार्वजनिक गर्न अन्तरराष्ट्यि स्तरमा आवाज उठन थालेपछी खोजतलास गर्दैजाँदा अपहरणको झण्डै एकमहिनापछि प्रहरीले पत्रकार बिरेन्द्र साहको शव फेला पारेको थियो ।

बाराको पपिरा गाँउबाट करीव ६ किलोमिटर टाढा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा पत्रकार साहको शव प्रहरीले बरामद गरेको थियो ।

साहको हत्यामा संलग्नरहेको आरोपमा माओबादी कार्यकर्ता हरेराम पटेल, लगायत दुुई जनालाई यस अघिनै प्रहरीले पक्राउ गरिसकेको थियो ।

१२ बर्षपछी पक्राउपरेका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदारलाई सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

स्वर्गीय पत्रकार बिरेन्द्र साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाईम दैनिक  र तत्कालीन मनकामना एफएम हेटौंडाको सम्बाददाता थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय