काठमाडौं, नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।
नेपाली बजारमा आज (बिहीबार) नयाँ इतिहास बनाउँदै सुनको मूल्य हालसम्मकै उच्च रहेर तोलामा ८० हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यावसयी महासंघका अनुसार बुधबार तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार रु २०० बढेर ८० हजार ७०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै तेजावी सुन तोलामा ८० हजार ४०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी बुधबारकै मूल्य ८८० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय