प्रदेश २ मा होली पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा हुने भएको छ । यसअघि नेपाल सरकारले होलीको अवसरमा फागुन २६ गते एक दिनमात्र सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारले होलीको अवसर पारेर फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।

१५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि यस क्षेत्रमा होली मनाइने परम्परा रहेको छ ।

फागुन २५ गते यहाँ पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइने भएकोले २ दिन विदा दिने निर्णय गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय