काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको बताएका छन्।नेकपा पर्वतले आयोजना गरेको नेता तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्ने क्रममा थापाले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको अख्तियारले नै उल्लेख गरेको बताए।

नेकपा सचिवालय सदस्य समेत रहेका थापाले स्थानीय तहमा बढेको भ्रष्टाचार प्रति चिन्ता व्यक्त गरे। नीय तहका भ्रष्टाचारीलाई कारबाही गरे स्थानीय तहनै रित्तो हुने कुरा अख्तियारले नै बताउने गरेको उनले दावी गरे।

“अख्तियारबाट थाहा पाएको कुरा अनुसार सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको छ। अख्तियारले भनेको छ, स्थानीय तहका भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने तहहरू नै खाली हुने अवस्था छ।”,उनले भने।

स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी कर्मचारी घुस सहित पक्राउ पर्नुले स्थानीय तहमा भ्रष्टाचारको अवस्था प्रष्ट हुने उनले बताए। केन्द्र तथा स्थानीय तहमा नेकपाको नेतृत्व रहेको हुँदा भ्रष्टाचार रोक्न नेकपाका नेता तथा कार्यकर्ताले उल्लेख्य भूमिका खेल्नुपर्ने उनले बताए।

यस्तै उनले नेकपाभित्रको गुटबन्दीले क्रान्तिनै असफल हुने जिकिर गरे। पार्टी एकता भएको तीन महिनामा एकतामा सम्पूर्ण कार्य सम्पन्न गर्ने भनिएता पनि दुई वर्ष सम्म सम्पन्न गर्न नसकिएको प्रति पनि उनले चिन्ता व्यक्त गरे।

दुई कम्युनिष्ट पार्टी मिलेर एक भएको धेरैलाई चित्त नबुझेको हुँदा अहिले वर्तमान सरकारलाई ढाल्न अनेक प्रयास भैरहेको तर्फ उनले नेता तथा कार्यकर्तालाई सचेत रहन आग्रह गरे।बाहिरिएका केहि प्रकरण र अन्य केही गल्तीका कारण सरकार र नेकपालाई घेराबन्दीमा पार्ने मौकाका अन्य शक्तिले पाइरहेको तर्फ सबैले ध्यान दिनुपर्ने उनको बुझाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय