धनुषा । धनुषामा बिधालय बाट फर्केर खेल्न गएको एक बालक बिजुलीको पोलमा किचिएर मृत्युु भएका छ्न ।

स्थानीय धनुष आवासीय विद्यालयमा अध्ययनरत बालक अाशिक अाइतबार (आज)दिउँसो ४ बजे विद्यालय विदा भएपछि घर फर्केर खेल्न जादा बिजुलीको पोलमा किचिएर धनुषाधाम नगरपालिका-३ घर भएका विनोद गडेरीका छोरा अन्दाजी १० वर्षीय आशिक गडेरीको मृत्यु भएको हो ।

घटना भए लगतै ईलाका प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरी बलले घटनास्थलमा पुगेर डोजरको सहयोगले पोल हटाएको थियो तर तब सम्म गडेरीको मृत्यु भैसकेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ।

घटना पश्चात् गडेरीको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको हो। विद्युत प्राधिकरणको लापरवाहीले बालकको मृत्यु भएको भन्दै स्थानीयबासी आक्रोशित भएका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय