जनकपुरधाम । मैथिली भाषाको नयाँ गीती म्यूजिक भिडियो ‘भरल जवानी’ सार्वजनिक भएको छ ।

यसअघि ‘बडा ब्यूटीफुल’ नामक म्यूजिक भिडियोबाट राम्रो चर्चा बटुलेका निर्माण टिमले शुक्रबार पुनः नयाँ गीत तथा भिडियो रिलिज गरेका हुन् । नयाँ म्यूजिक भिडियो भरल जवानीलाई पनि एआर मोसन पिक्चर नामक यूट्युब च्यानलबाटै सार्वजनिक गरिएको छ ।

मैथिली संगीत क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने उद्देश्य बोकेर गीत तथा भिडियो निर्माणमा कम्मर कसेका एवं बडा ब्यूटीफुलबाट अत्यधिक मन पराइएका अमर रकले निर्माण गरेको भरल जवानी पनि स्वयं रक र मनिषा पोखरेलले स्वर सजाएका छन् । जगमोहन साहद्धारा रचित उक्त गीतको भिडियोमा शान थापाको निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=UrlhkYzTJwg&feature=share

यस्तै, म्यूजिक भिडियोमा अभिनय सुनिल क्षेत्री, जुना सुनदासको छ । नयाँ गीत भरल जवानी पनि एकाउस्टिक नेपाल स्टुडियोमै रेकर्डिङ गरिएको छ । यो गीतमा पनि हरी लम्सालले नै संगीत दिएका छन् ।

भरल जवानीको म्यूजिक भिडियोमा पनि प्रोडक्सन म्यानेज मनोज जोशीले नै गरेका छन् भने कोरियोग्राफी पनि राजीव समरकै रहेको छ । गीत मिक्सिङ भने चन्द्र चौधरीले गरेका छन् ।

फोरके क्वालिटीमा निर्मित भरल जवानीले रिलिजसँगै राम्रो रिस्पोन्स पाएको छ । लगानी र मेहनतको अभावमा पछाडि परेको मैथिली ईन्डष्ट्रीले ठूलो लगानी र मेहनतको म्यूजिक भिडियो निर्माणले नयाँ उचाई पाउने निर्माण टिमको विश्वास छ ।

मैथिली ईन्डष्ट्रीलाई प्रोमोट गर्न नयाँपन, फरकपन र लगानीको आवश्यकता रहेको भन्दै यसको लागि आफ्नो टिम प्रयासरत रहेको निर्माता तथा गायक रकले बताए । मैथिली संगीत क्षेत्रलाई उकास्न आफ्नो टिमले क्रमशः विशुद्ध नयाँ र फरक अन्दाजको म्यूजिक भिडियोहरु निरन्तर श्रोतामाझ ल्याइरहने पनि उनले जनाए ।

यसअघि सार्वजनिक गरिएको बडा ब्यूटीफुलले एक महिनामै झण्डै ३ लाख बढी भ्यू पाइसकेको छ । नयाँ यूट्युब च्यानलबाटै सार्वजनिक गरिएपनि यत्तिको माया दिएकोमा श्रोतालाई धन्यवाद दिँदै भरल जवानीले पनि माया पाउने विश्वस निर्माण टिमले लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय