गणेश कुमार सिंह,महोत्तरी । महोत्तरी जिल्ला गौशाला नगरपालिका -१२ कान्तिबजारमा शुभ दिपावली, छठ पर्व तथा समाचकेवाको पावन अवसरमा गौशाला-१२ का स्थानीय युवाहरूको आयोजनामा, मेगा विकास बहुउद्देश्य सहकारी संस्था लि. गौशाला-११, इम्ली बजारको सहयोग र नेपाल रेडक्रस सोसाइटी बर्दिबास उप-शाखाको प्राविधिक सहयोगमा आज भएको युवाहरूद्वारा आयोजना गरिएको खुला रक्तदान कार्यक्रम सम्पन्न  भएको छ।

शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको सुकेश महतोले जानकारी दिए ।

अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदिन मद्दत पुगोस भनेर स्थानीय युवा, मेगा सहकारी र रेडक्रस सोसाइटीको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको नागेन्द्र सत्याले बताए। शनिबार भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदाताहरुले रगत दान गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा गौशाला न.पा.विभिन्न वडाका युवा साथी र वडा नं.७ का वडा अध्यक्षले समेत रक्तदान कार्यक्रममा सहभागी जनाउदै गौशाला नगरपालिकाका -१२ का स्थानीय युवाहरुको साथ सहयोगमा कार्यक्रम गरिएको थियो।

https://www.facebook.com/share/v/qj3s419wQtMJpXRc/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय