एजेन्सी  भारतको आसाममा भारी बर्षासँगै आएको बाढीले हालसम्म ३८ जनाको मृत्यु भएको छ ।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा तिनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ भने धेमाजी जिल्लामा एक जनाको मृत्यु भएको छ । योसँगै हासम्म मृत्यु हुनेको संख्या ३८ पुगेको हो । मङ्गलबार २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन् ।

प्रशासनले बाढी प्रभावित जिल्लामा ४ सय ८९ राहत शिविर र वितरण केन्द्रहरू स्थापना गरेको छ, जहाँ लगभग २ लाख ८७ हजार मानिसहरूले शरण लिइरहेका छन् । बाढी घरमा पसेपछि धेरै बाढी प्रभावित मानिसहरूले सुरक्षित स्थान, उच्च भूमि, विद्यालय भवन, सडक र पुलहरूमा शरण लिइरहेका छन् ।

स्थानीय प्रशासन, सेना, अर्धसैनिक बल, एसडिआरएफ र सर्कल अफिसका उद्धार टोलीहरू ठाउँ ठाउँमा उद्धार कार्यमा संलग्न छन् । मङ्गलबार विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट लगभग २ हजार ९ सय जनालाई उद्धार गरिएको छ । एएसडिएमएको बाढी प्रतिवेदनले आठ लाख ३२ हजार ९९ जनावरहरू पनि बाढीबाट प्रभावित भएको जनाएको छ ।

मङ्गलबार बाढीले ७४ वटा सडक, ६ वटा पुल र १४ वटा तटबन्धलाई क्षति पुर्‍याएको छ भने पाँचवटा तटबन्धलाई तोडेको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय