दिवेश कुमार महतो, जनकपुरधाम।

रगत विषयमा काम गर्दै आएका वल्ड फोर नेपाल नामँक संस्थाले विभिन्न किसिमका कार्यक्रमहरु गरेर २०औं अन्तराष्ट्रिय रक्तदान दिवस मनाएको छ।

 

जेष्ठ ३२ गते पर्न गएको २०औं अन्तराष्ट्रिय रक्तदाता दिवसको उपलक्ष्यमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान बर्दिबास, महोत्तरीको आयोजना तथा ब्लड फोर नेपालको सह-आयोजना र नेपाल रेडक्रस सोसाइटी बर्दिवास उप-शाखाको प्राविधिक सहयोगमा “बृहत रक्तदान कार्यक्रम” गरिएको थियो। सोही रक्तदान कार्यक्रममा ४३ पुरुष र ६ महिला गरी ४९ जनाले रक्तदान गरेका थिए।

रक्तदान गर्नुपर्ने कुरा सिकाइरहनु पर्ने विषय नभई यो एक मानवले अर्का मानवलाई आवश्यक परेको बेला दान गर्ने विषय रहेकोले रक्तदान कार्यक्रमको आयोजना गर्नु पर्ने आवश्यक रहेको ब्लड फोर नेपाल धनुषाका संयोजक अजय कुमार यादव बताउँछन्।

 

 

सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बर्दिवास सभापति रेवन्त कार्की, पूर्वसभापति मुकुन्द प्रसाद पौडेल,इन्चार्ज सृजना देवकोटाको उपस्थिति रहेको थियो भने ब्लड फोर नेपाल धनुषा टिमका सह-संयोजक अमित कुमार यादव, सदस्य संजय सिंह कुशवाहा ,विकास साह ,इन्द्रजीत सिंह,रानी साह को उपस्थिति रहेको थियो।

 

त्यस्तै युनाइटेड नेसन फाउण्डेशन विरगञ्ज,नेपाल हेल्थ क्रप्सको संयुक्त आयोजना र ब्लड फोर नेपालको सह आयोजनामा विरगञ्जमा रक्तदान सचेतना कार्यक्रम गरेका थिए। सप्तरीको राजविराजमा राजविराज पोलिट्यकनिकल ईष्टच्युट , राजविराज युनिभर्सल एकेडेमी सप्तरीमा विधार्थीहरु माझ रक्तदान सचेतना कार्यक्रम चलाएका थिए। त्यस्तै ब्लड फोर नेपाल धनुषा टिमले धनुषाको हंसपुर नगरपालिका वार्ड नं ४ मन्नीपट्टी टोलमा ग्रामीण क्षेत्रको सीमान्तकृत महिलाहरु माझ रगतको आवश्यकता, महत्व र उपलब्धि बारे सचेतना फैलाएका थिए।

हामीले विधालयका विधार्थीहरु माझ सचेतना फैलाउदै आएतापनि ग्रामीण क्षेत्रका मानिसहरू ब्लड सम्बन्धी अझै सचेत नरहँदा ज्ञानको कमीले पनि ज्यान गुमाउनु परेको समाचार सुन्न र देख्न पाएका छौं,यसले गर्दा पनि यो सचेतना गाँउघरमा पनि फैलाउन आवश्यक रहेको ब्लड फोर नेपाल धनुषाका सह संयोजक अमित कुमार यादवले‌ बताए।

 

साथै दैलेखमा स्थानिय क्लबहरूको सहकार्यमा रक्तदान सचेतना र ब्लड ग्रुप टेस्ट गरी दिवस मनाइएको थियो भने कैलालीको धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ब्लड फर नेपाल का केन्द्रीय संयोजन सरोज महतोले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय