जनकपुरधाम।

ब्लड फर नेपालको आयोजनामा रक्तदान सचेतना कार्यक्रम गरिएको छ।

 

महोत्तरीको साउथ एसियन क्याम्ब्रीज सेकेन्ड्री अंग्रेजी बोर्डिङ्ग स्कुल र श्री रामानन्द विशेश्वर महेन्द्र क्याम्पस जलेश्वरमा रक्तदान सचेतना कार्यक्रम गरिएको छ।

रामानन्द विशेश्वर महेन्द्र क्याम्पस जलेश्वरका ६० जना विधार्थी र साउथ एसियन क्याम्ब्रीज सेकेन्ड्री अंग्रेजी बोर्डिङ्ग स्कुलका ८२ जना विधार्थीहरुको सहभागीता रहेको थियो। रक्तदान सचेतना कार्यक्रममा ब्लड फर नेपाल ध‌नुषा का सह -संयोजक अमित कुमार यादव र सदस्य श्रुचि साहले प्रस्तुतिकरण गरेका थिए । विधार्थीहरुलाई राखेर उनीहरुलाई रगत बारे प्राविधिक र व्यवहारिक कुराहरु सलाइड मार्फत सचेतना गराएको छ।

 

“आऊँ रगत का कुरा गरौ, आऊ रगत का कुरा बुझौ” भन्ने नारा लिएर धनुषाको विभिन्न ठाउँमा रक्तदान सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ । सोही सन्दर्भमा ब्लड फर नेपालले महोत्तरीका सामुदायिक र निजि विधालयहरुमा समेत सचेतना कार्यक्रम गरिदै आएको ब्लड फर नेपाल धनुषाका अध्यक्ष अजय अधिकारीले बताउनुभयो।

 

ब्लड फ़र नेपालले बिग्त ६ बर्ष देखी धनुषा, महोत्तरी लगायत देशका अन्य विभिन्न ठाउँहरु मा बिरामी लाई रगत आवश्यक परेको बेला रगत जुटाऊन र रगत सम्बन्धी सचेतना क्रयाक्रम गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय