जनकपुर, १७ फागुन । मधेस भनेसी छोरा मान्छेको उच्चमह्त्त्व दिईन्छ । छोरी मान्छेले मृतकको काजकिरीया गर्नुहुन्न भन्ने समाजको अन्धबिस्वासले झांगिएको छ । यद्द्पी जनकपुरधाम उपमहानगरपालिकामा ९ बर्षिया एक छोरीले आफ्नो मृतक पितालाई दागबत्ती दिएकिछिन् । 

शनिवार बिहान जनकपुरको वडा नं १९ बेंगाशिवपुर निवासी  कृष्णा यादव (भोला) को ३२ वर्ष कै अल्पायुमा निधन भएको छ । बुवा कृष्णा यादव र आमा अंजु देवीको सन्तानको रूपमा जेठी छोरी रागिनी यादव र कान्छी छोरी सोहानी यादव छिन । ९ बर्षिय जेठि छोरी रागिनीले पितालाई दागबत्ती दिएकि हुन् ।  कान्छी छोरी ५ बर्षकी छिन । 

 आफ्नो मृत पित्ताको दिवंगत शरिरमा जनकपुरको बेंगा स्मसान घाटमा दागबत्ती दिईन ।

हिन्दु  समाज !  त्यसमा पनि खासगरेर मधेसमा नारीले मृत शरीर छुन र मलामी समेत जान नमिल्ने परम्परा रहिआएको सन्दर्भमा उनले आफ्नो पित्ताको विधि पूर्वक सबै कर्मकाण्ड गरेर दाहसंस्कार गरेर महिलाहरु प्रतिको सोचलाई उच्चसम्मान दिईएको स्थानिय राजपका नेता सिताराम यादवले बताए । 

मलामी आउदै गर्दा पुरानो रूढिवादी सोचले ग्रसित भएका केही मलामीहरूले महिलाले मलामी जानू हुदैन, दागबत्ती दिनुहुँदैन भन्ने सामाजिक दबाबका बाबजुद पनि  ९ बर्षिया बालिकाले दाहसंस्कार गरेकी हुन । उनको त्यस शासहले पनि समाजमा भएका रूढिवादी सोचलाई निरुत्साहित गर्न मद्दत पुग्ने छ । छोरालाई मात्र महत्त्व दिनेलाई गतिलो झापड मिलेको छ । 

स्थानिय बिक्रम यादवले मधेसमा छोरीले दागवती दिंदा पितृसतात्मक सोचलाई तोड्को बताए । छोरा छोरी बराबर हुन । त्यसैले ९ बर्षिया बालिकाको कदमलाई सकारात्मक लिनु पर्छ, उनले भने । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय