ढल्केवर, धनुषा

समाजमा खेप्दै आएका हिसां, छुवाछुत तथा भेदभावको बिरुद्धमा विधार्थी बालबालिकाहरुले आइतबार धनुषाको वटेशवर गाउँपालिका मा सडक नाटक प्रदर्शन गरेका छन्।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश द्वारा धनुषाको वटेशवर गाउँपालिका -१ चित्रपुरस्थित रहेको श्री लक्ष्मी मावि मा गठन गरिएको बाल अधिकार संचेतना समुहले सोहि गाँउपालिका को वार्ड नं १ को वाडा कार्यालय नजिक रहेको चौवटियामा सडक नाटक प्रदर्शन गरेका छन्।

 

 

विधार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउन त्यहाँका आमजनसमुदायलाई नाटक मार्फत् सन्देश दिन खोजिएको थियो।

 

ईन्सेक मधेस प्रदेशको सहयोगमा बाल अधिकार संचेतना समूहले प्रदर्शन गरेको सो सडक नाटक हेर्न सयोंको संख्यामा स्थानीयहरुको भीड लागेको थियो । सडक नाटक हेर्न वटेशवर गाउँपालिका-१ का वाडा अध्यक्ष अशोक महतो, मानव अधिकार समुह वटेशवर गाउँपालिका अध्यक्ष ….. ,बाल अधिकार संचेतना समुह मधेस प्रदेश सचिव राज यादव सहित वाडा सदस्यहरुको उपस्थिति रहेको थियो। नाटकमा श्री लक्ष्मी मावि चित्रपुरका बाल अधिकार समूहका कलाकारहरु विवेक यादव,आलोक महतो, कृष्ण राउत,कञ्चन कुमारी,राजु महरा, देवेन्द्र महतो,धिरज महतो,अमित कुमार महतो,सोनु ठाकुर ,पिंकी कुमारी लगायतले समुदायमा सचेतनाका लागि दमदार अभिनय गरेका थिए । नाटक हेर्न आएकी स्थानीय बिल्टि यादव, नाटकको दृश्यले भावुक हुँदै भनिन् हाम्रो पालोमा‌ नाटक मा देखाइएका यस्तै अन्धविश्वास हुने गर्थ्यो तर त्यतिबेला यस्ता जनचेतनामूलक कार्यक्रमहरु कतै कहिँ नगरेकोले सानो सानो मिस्टेकले अकालमै मृत्यु हुने गर्थ्यो। उनले भनिन् नाटक हरेर खुसी लाग्यो। त्यसमा पनि नाटक प्रदर्शन गरेका बालबालिकाहरु आफ्नै गाँउसमाजका छोराछोरी भएकोले नाटक हेरेर भावुक भए म ।

 

 

सडक नाटक प्रदर्शनको क्रममा कलाकारहरुले छोरीको शिक्षामा गरिने भेदभाव, शिक्षामा सबैको समान पहुँच, छुवाछुत, मानवीय उपचारमा हुने लापरवाही, वातावरणीय सरसफाइ, विभिन्न हिंसा तथा विसंगति विरुद्ध अभिनय मार्फत समाजमा सचेतना जगाउन सन्देश प्रवाह गरेको सहयोगी संस्था ईन्सेकका जिल्ला सहजकर्ता अनिता यादवले जानकारी दिनुभयो ।

यता सो सकड नाटक हेरेपछि वटेशवर गाउँपालिका १ का वडाअध्यक्ष अशोक महतोले समाजमा व्याप्त रहेको विभिन्न भेदभाव्, छुवाछुत, छोरा छोरीको शिक्षामा अभिभावकद्धारा गरिने असमान व्यवहार, सरसफाइको अभावमा हुने असर लगायतको विषयलाई महत्वका साथ उठान गरेकोले समाजको आँखा खोल्न यस्ता सडक नाटक ठाउँ ठाउँमा गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय