सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ चौक स्थित पुर्व–पश्चिम राजमार्ग सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना.७ ख.५७९ नम्बरको यात्रु बाहक बसको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारका अनुसार दुर्घटनामा कर्जन्हा नगरपालिका वडा नं. ०६ बडहरामिर्चैया बस्ने राम प्रसाद सदाको छोरा वर्ष २२ को पुजन सदाको मृत्यु भएको हो । ठक्करबाट घाइते भएका सदाको उपचारका क्रममा मिर्चैयाको मंगलम हस्पिटलमा मृत्यु भएको हो ।

(डिएसपी) जैसवारका अनुसार घटनापछि बससहित पक्राउ परेका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

दुर्घटनामा मृत्यु भएका सादको शव पोष्टमार्टमको लागि लहान पठाइएको मिर्चैया ट्राफिक प्रहरी पोष्टका प्रहरी हवल्दार विरेन्द्र प्रसाद यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय