धनुषा ः धनुषा जिल्लाको धनौजी गाँउपालिका वडा नम्बर –२ का सचिव सुशिल ठाकुर २० हजार घुस सहित अख्तियारको फन्दामा परेका छन् ।

सचिव ठाकुरले जन्म प्रमाणितको सिफारिस दिए बापत उनले २० हजार रुपैयाँ घुस मागेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटि गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।

ठाकुरलाई २० हजार रुपैयाँ लिसकेको अवस्थामा रकम सहित उनकै कार्यकक्ष बाट नियन्त्रणमा लिएको हो । उनलाई विहिबार नियन्त्रणमा लिएको जनाइएको छ ।

सचिव ठाकुरलाई अनुसन्धानको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय