“सेवा नै धर्म हो”मानवीय मूल्य, मान्यता,आनिबानी तथा स्वचरित्रमा सकरात्मक परिवर्तनको पहल हेर्ने हो भने मानवले मानवसँग गरिने व्यवहार र आचरण बाट प्रष्ट बुझिन्छ। विभिन्न कालखण्डमा राहत वितरण देखि लिएर अनाथ बालबालिकाहरुलाई शिक्षा-दिक्षा दिने उदेश्यले अनावश्यक खर्चलाई कटौती गर्दै ‘वेस्ट लाई इन्भेष्ट’गर्दै आएको धनुषा कुम्हरौडा निवासी समाजसेवी युवा एवम् हिन्दु अभियन्ता सुदिप झाले निरन्तर रुपमा सहयोग गर्दै आएको छ।

विजयादमीको शुभ अवसरमा Save Hinduism Save Humanity नाँमक संस्थाको संस्थापक अध्यक्ष समेत रहेको झाले ” वेस्ट लाई इन्भेष्ट”को निरन्तर प्रयास मार्फत आज मंगलबार जनकपुरधामको जेरोमाइल-०७ स्थित जमिरिया देवी कुष्ठरोग आश्रममा गएर राहत सहयोग गरेका हुन्। स्वयंसेवक प्रतिनिधिहरुको अनावश्यक खर्च घटाएर बालबालिकालाई खुसी बनाउने प्रयास गर्ने उदेश्यले उक्त आश्रममा साँझ पँख को नास्ता-खाजाको व्यवस्था मिलाइ दिएको छ। मासिक आम्दानीबाट रु.६ हजार सम्मको रकम कबिर बाल आश्रम जनकपुरधाम मा दिदैं आएको छ। साथै त्रैमासिक रुपमा रक्तदान गर्दै आएको छ। त्यतिकै मात्र नभएर लक्ष्मिनिया- कुम्हरौडा स्थित रहेको हनुमान मन्दिर मा मासिक २ हजार को दरले पुजाआजा गर्नका लागि पुजारीलाई रकम दिदैं आएको छ। यसरी उनी कमाएको रकम बाट वर्षको लाखौं रुपैयाँ जति खर्च समाजसेवा मा नै गरेको छ। झा का अनुसार “यी खर्चहरु समान्य मान्छेले पनि दारु ,रक्सी र डान्स बारमा उडाउदै आएको छ तर म यी अनावश्यक खर्चलाई कटौती गर्दै अपुग भएको ठाउँमा पुग्ने गरेको छु ।”

आज जनकपुरधाम स्थित जिरोमाइलमा अवस्थित जमरिया देवी कुष्ठरोग आश्रम मा भएको राहत सहयोग कार्यक्रम मा युवा अभियान्ता गौतम झा ,दिपक गुप्ता , विधान झा , लगायतका युवाहरुको उपस्थिति थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय