काठमाडौं । नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार पक्राउ परेका छन् । उनी एक किशोरीलाई ब’न्ध’क बनाई बलत्कर गरेको अभियोगमा पक्राउ परेका हुन् । रामवीर मानन्धरका आर्थिक सल्लाहकार ५२ वर्षे अमृतकुमार घलेलाई फागुन १ गते महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको टोखाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

चितवन स्थायी घर भएका उनी टोखामा फ्ल्याट लिएर बस्दै आएका थिए । उनले सिन्धुली घर भएकी किशोरीलाई गएको माघ २७, २८ र २९ गते फ्ल्याटमा ब’न्ध’क बनाएर ब’लात्का’र गरेको आरोप लागेको छ । किशोरीलाई फागुन १ गते उद्धार गरी सोही दिन घलेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

अहिले घलेलाई म्याद थप गरी अनुसन्धान भइरहेको र किशोरीलाई मनोवैज्ञानिक परामर्श गरी परिवारको जिम्मा लगाइएको छ । उनले आफू राज्यमन्त्री मान्नधरको सल्लाहकार रहेको भन्दै उम्किने प्रयास गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय