पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सबैको सम्पत्ति छा’नबिन गर्नुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा आफूमाथि लागेका आ’रोपहरूबारे प्रष्टिकरण दिँदै भट्टराईले जनलोकपाल व्यवस्था गर्न जरूरी भइसकेको बताएका हुन्। खासगरी राजनीतिक नेतृत्वमा रहेका सबैको आर्थिक है’सियतबारे छानबिन हुनुपर्ने उनको भनाई थियो। त्यसका लागि संविधान संशोधन गरेर अघि बढ्नुपर्ने भट्टराईको सुझाव थियो। संविधान संशोधनको चर्चा भइरहेको प्रशंग निकाल्दै भट्टराईले कसैलाई जस्केलाबाट लगेर प्रधानमन्त्री बनाउने नभई भ्र’ष्टाचार रोक्न र शासकीय स्वरुप बदल्नका लागि संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले थपे, “त्यसैले निर्वाचित सदनप्रति जिम्मेवार हुने जनलोकपालको व्यवस्था गरौं”, भट्टराईले भने, ”संविधान संशोधन गरौं प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, समानुपातिक सदन र जनलोकपालका लागि र, सबैको सम्पत्ति छा’नबिन गरौं।”

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूप्रति प्रतिशोधपूर्ण व्यवहार देखाएको आरोप पनि लगाएका छन्। प्रक्रियासँगतरुपमै आफू प्रधानमन्त्री हुँदा मातातिर्थ महादेवस्थान र सतुंगलका जोताहा-मोही किसानलाई जग्गा दिएको बताएका भट्टराई त्यससम्बन्धि कागजातहरू बोकेरै सदनमा पुगेका थिए।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पुर्याउने जानकारी दिइयो

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय