जनकपुरधाम ।
धनुषाको सहिद नगर नगरपालिकामा ११ वर्षीया बालिकामाथि बलात्कार भएको घटनाको दुइ दिन नबित्दै फेरी सामुहिक बलात्कार सहित दुइ वटा घटना बाहिर आएको छ । गएको फागुन १० गते लक्ष्मिनियाँ गाउँपालिका ५ गजरियास्थ्ति स्थानीय दुइ जना युवकले ११ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बलात्कारको आरोपमा ३२ वर्षीय श्रीकिसुन दासलाई प्रहरीले पक्राउ गरेको छ भने अर्का आरोपी २२ वर्षीय अनिल ठाकुर फरार रहेको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । घर छेउमै रहेको खेतमा घाँस काटिरहेको बेला दुबै जनाले बलात्कार गरेको प्रहरीको भनाइ छ । बलात्कार गर्दै फोटो खिचेको र कसैलाई बताए फोटो भाइरल गरदिने धम्की दिएको पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

पिडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरस्थितमा फागुन ११ गते स्वास्थ्य परिक्षण गरिएको छ । आरोपी अर्का युवकको खोजी कार्य तिब्र रुपमा भैरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक कार्कीले जनाए ।

यस्तै गएको माघ ५ गतेदेखि फागुन ८ गतेसम्म नगराईन नगरपालिकाकी २० वर्षीय किशोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा स्थानीय एक युवकलाई प्रहरीले पक्राउ गरको छ । स्थानीय दिलसाज नदाफले पटक पटक जबर्जस्ती करणी गरेको पिडितको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय