सामुदायिक सेवा केन्द्र छपकैया -२ तथा किरण आखा अस्पतालको सन्युक्त आयोजनामा निःशुल्क आँखा परिक्षण तथा कोरोना भाईरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भयो।

बिरगंज , फागुन १४ गते बुधबार ।

मिति २०७६/११/१४ गते विहान १०.३० वजेको समयमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्सा र किरण आँखा अस्पताल बीरगंजको संयुक्त आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामिदायिक प्रहरी सेवा छपकैयाका अध्यक्ष हाजि श्री ग्यासुदिन ठकुराईको अध्यक्षता र सिमा प्रहरी चौकी छपकैयाका ईन्चार्ज बिनोद राना ज्यू, को प्रमुख आतिथ्यमा जिल्ला पर्सा वीरगंज महा-नगर पालिका वडा नं. २ स्थित रहेको श्री ग्रिनल्याणड मा.वि. छपकैया-२ मा निःशुल्क आँखा परिक्षण तथा कोरोना भाईरस सम्बन्धी जनचेतना मुलक पर्चा पम्प्लेट वितरण कार्यक्रम सम्पन्न गरिएको थियो ।सो कार्यक्रममा १५३ छात्र र १०९ जना छात्रा गरि २६२ जनाको निःशुल्क आँखा परिक्षण गरिएको थियो सो मध्ये १२ जनालाई नजिक तथा टाढ दुरीको समस्य देखिएकोले निजहरुलाई किरण आँखा अस्पतालबाट ५०% छुटमा उपाचर गराई दिने गरि हस्पिटलमा पठाईएको र उक्त कार्यक्रममा किरण आँखा अस्पतालका नेत्र सहायक सन्तोष यादव, रामबाबु चौरसिया, अन्द्रिका यादव , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाका कोषाध्यक्ष श्रीमति प्रेम कुमारी सिंह, सचिव प्रविण विक्रम शाह , सदस्य ऐसहनुल हक (बिट्टु), जेयाउल हक सामानी, अजित कुमार भुजेल, अब्दुल कैश मियाँ तेली, प्र.ह. देवेन्द्र कुमार पटेल, प्र.ज. राज कुमार तामाङ्ग र राईजिङ्ग बीरगंज नेपालका अध्यक्ष आरजु खान तथा पदाधिकारी विधालयका प्रिन्सिपल श्री उपेन्द्र पंडित, कोर्निटर कृष्णलाल पंडित लगाएत सम्पुर्ण शिक्षाक शिक्षिकाहरुको उल्लेखनीय सहभागीता रहेको , अध्यक्ष ग्यासुदिन ठकुराईले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय