जनकपुरधाम, फागुन १४ गते ।
किशोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन् । खेतमा बयर खान आउ भन्दै बोलाएर बलात्कारको प्रयास गरेको आरोपमा सहिदनगर नगरपालिका बस्ने २७ वर्षीय गुरुदेव दासलाई प्रहरीले पक्राउ गरेको जिल्ला इलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।

गत फागुन ११ गते दिउँसो १ बजे गाउँभन्दा पर खेतमा घाँस काटिरहेको बालिकालाई बयर दिन्छु भन्दै बोलाएर बलात्कार प्रयास गरेको पिडितको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पिडित बालिका भागेर काकीलाई घटनाबारे बताएपछि घटना बाहिर आएको हो ।

घटनालाई गाउँमै मिलापत्र गर्ने भनेर पंजायत भई रहेको वेलामा सुचना पाएका ईलाका प्रहरी कार्यालय यदुकूहाकोले तत्कालै आरोपितलाई छिमेकीको घरमा लुकिछिपी बस्दै आएका दासलाई गिरफतार गरेका थिए । पिडित बालिकाको फागुन ११ गते बेलुका प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परिक्षण गरिएको छ ।
आरोपित विरुद्ध ११ गते इलाका प्रहरी कार्यालय यदुकोहामा परेको उजुरी फागुन १२ गते दर्ता गरि मुद्दा चलाइएको प्रहरी निरिक्षक दिपक बाबु केसीले जानकारी दिए । आरोपित युवकलाई हिरासतमा राखि थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक केशीले जानकारी दिए
टुडेपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय