काठमाडौ । परीक्षामा उत्कृष्ट हुन कसलाई पो मन हुन्न र । तर तरिका नपुगेर क्षमता भएका विद्यार्थीहरुपनि असफल भइरहेका छन् । कतिपय घरमा त परीक्षाको दिन घोकेर जान खोज्छन् । त्यो अत्यन्तै खराब बानी हो । हरेकको घरमा दिनरात घरमा कसरी पढाईको वाताबरण बनाउन सकिन्छ भन्ने कुरा मात्र चलिरहन्छ । उत्कृष्ट बन्ने मन सबैमा हुन्छ तर सफलता मिलेको हुन्न । आज हामी उत्कृष्ट बन्ने जम्मा ८ वटा टिप्स दिँदै छौ ।

१, थोरै–थोरै समयमा पढ्नु पर्दछ : प्रिक्षा राम्रोहोस भनेर यसका लागी आमाबावुले आफ्नो छोराछोरीलाई एकपटकमा ४–६ घण्टा पढ्नका लागी दबाव दिनु हुदैन । उसलाई थोरै–थोरै समयमाको अन्तरमा पढ्नका लागी प्रेरित गर्नुपर्दछ। एकैपटक धेरै समयसम्म पढिरहनाले मनमन खिन्न हुन्छ । यसैले परिक्षार्थीको दिमाग पढाईबाट हट्न सक्छ । त्यसैले परिक्षार्थीले एक–एक घण्टाको समय बाडेर पढ्न पर्दछ । परिक्षार्थीलाई एक घण्टा पढिसकेपछि सदस्यहरु संग कुराकानी गर्न दिनु पर्दछ जसले गर्दा छिटो याद हुन्छ र पढाई प्रति पनि दिक्क लाग्दैन ।

२, टेबलकुर्ची नै हुन आर्दश : प्रायजसो परिक्षार्थीको ओछ्यानमा पल्टेर वा घुमी–घुमी पढ्ने बानी हुन्छ जुन एकदम गलत हो । परिक्षार्थीलाई सधै टेबलकुर्चीमा बसेर पढ्न लगाउनु पर्दछ । पढ्ने समयमा उसको अवस्था पनि सहि हुनुपर्दछ । आखाँ र किताबको बिचमा कम्तिमा १२ ईन्चको दुरी हुनु पर्दछ । होईन भने आँखा र शरीर चाडै थाक्छ ।

३, ध्यान भङ्ग गर्ने खालका कुराहरुबाट टाढा रहनु पर्दछ : पढ्ने ठाँउमा टेलिभिजन, म्यूजिक सिस्टम ,मोबाईल तथा कम्प्यूटर जस्ता ध्यान भङ्ग गर्ने खालको कुराहरु रहन हुदैन यसले पढाईमा बाधा उत्पन्न गर्दछ ।

४, महत्वपुर्ण कुराहरुलाई अन्डरलाईन गर्ने : परिक्षार्थीलाई पढ्ने समयमा जुन कुरा महत्वपुर्ण छ त्यसलाई मार्करले अन्डरलाईन गनुपर्दछ जसले दो¥याएरको बेलामा त्यसमा बढिभन्दा ध्यान जाओस् ताकि त्यो कुरा दिमागमा राम्ररी बसिरहोस् ।

५, नोट अवश्य बनाउने : प्रिक्षार्थीलाई सेक्सनको सुरुदेखि नै महत्वपुर्ण कुरा नोट बनाउनु पर्दछ । नोट बनाउनाले परिक्षार्थीलाई लेख्न बानी बस्छ । साथै उसले याद गररेका कुराहरु क्रमबद्ध रुपमा प्रभावकारी ढङ्गले लेख्न आँउछ । प्राय जसो परिक्षार्थीले याद त सबैथोक हुन्छ । तर उसले कुरालाई सहि ढङगले लेख्न नपाएर राम्रो अङक ल्याउनबाट बञ्चित भईहाल्छ ।

६, जरुरी छ दोहो¥याउन : प्रिक्षार्थीले जुन कुरा आज पढ्छ वा याद गर्छ भोलीपर्सि त्यसलाई अवश्य दोहो¥याउनु पर्दछ । यस्तो हुनु हुदैन किरु परिक्षार्थीले प्रत्येक दिन एउटा नयाँ पाठ पढोस तर पुरानो पाठलाई एक चोटी पनि नदोहा¥योओस् । यसले परिक्षार्थी कुनै पनि कुरा राम्ररी याद राख्न पाउदैन ।

७, आफै लिउ परिक्षा : प्रत्येक शनिबार परिक्षार्थीले ३ घण्टाको समयमा कुनै पनि बिषयको पश्न पत्रलाई हल गर्ने प्रयास गर्नु पर्दछ । यसले उसमा पश्न हल गर्ने अभ्यास बढ्छ । उसको लेख्ने गतिमा सुधार आउँछ । साथै लेखावटबाट पनि सुन्दर लाग्दछ ।

८, बढि सुत्ने र उठ्ने बानी : कतिपय परिक्षार्थीले राति ढिलो सम्म पढ्ने र बिहान ढिलोे सम्म सुत्ने बानी हुन्छ । यदि कसैको यस्तो बानी छ भने परिक्षार्थीले ४–५ हप्ता पहिले देखि नै उसले बिहान चाडै उठ्ने र राति चाडै सुत्ने बानी बसाल्नु पर्दछ । हैन भने बिहानको सत्रमा परिक्षा भएमा उसलाई चाडै उठ्नमा अप्ठारो महशुस हुन्छ । त्यसैले मिहेनत गरेर पढेर राम्रो नतिजा प्रदान गरौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय