राैतहट । रौतहटमा मृत अवस्थामा एक महिलाको शव फेला परेको । यमुनामाई गाउपालिका वडा नं.५ झुनखुनुवा देखि पुर्व दक्षिण राजदेवी न पा को वडा नं १ मोतीपुर टोल देखि पश्चिम तथा राजपुर न पा वडा नं १ पिपरा टोल देखि पुर्व चौरमा रहेको सुन्दर साहको खेतमा नामथर वतन नखुलेको अन्दाजी २४/२५ बर्षीय महिलाको भुसको आगोमा आधा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

घट्ना सम्बन्धमा थप अनुसन्धान भईरहेकाले शबको सनाखत हुन नसकेको र पहिचान गर्ने सक्ने व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय, रौतहटको मोबाईल नं.९८५५०४०९९९, १०० मा सम्पर्क गरी वा उपस्थित भई सनाखत गराउन समेत डिएसपी श्रेष्ठले आग्रह गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय