सप्तरी । सप्तरीमा दोहोरो नागरिकताले लिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

दोहोरो नागरिकता कसुर मुद्दामा ६ वर्षदेखि फरार रहेका सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नम्बर ८ बैरियाही बस्ने ३२ वर्षीय जिबछ ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको जनाएको छ ।

वि.स २०७२ बैशाख १४ गते सप्तरी जिल्ला अदालतले ठाकुरलाई एक वर्ष कैद र २० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेपछि उनी फरार रहेका थिए ।

फैसला कार्यान्वयनअन्तर्गत खोजतलासका क्रममा पक्राउ परेका ठाकुरलाई सोमबार साँझ जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले कैद भुक्तानका लागि राजविराज कारागारमा थुनामा पठाएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय