जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको वार्षिक प्रतिवेदन बुझाएका छन् ।

सोमबार आयोगका अध्यक्ष अन्सारीले प्रदेश प्रमुख झासँग भेटघाट गर्दै आयोगको वार्षिक प्रतिवेदन बुझाएका हुन् । भेटघाटका क्रममा प्रदेश प्रमुख झा र आयोगका अध्यक्ष अन्सारीबीच आयोगको गतिविधि तथा मुस्लिम समुदायका आर्थिक, सामाजिक, शैक्षिकलगायतका विषयमा समेत छलफल भएको थियो ।

प्रदेश प्रमुख झाले मुस्लिम समुदायको मदरसा तथा शैक्षिक अवस्थाको विषयमा राखेको जिज्ञसामा आयोगका अध्यक्ष अन्सारीले अहिलेसम्म मदरसाहरूको अवस्था दयनीय रहेको र त्यसको सुधारका लागि आयोगले प्रयास गरिरहेको बताए ।

प्रदेश २ सरकारले ल्याउन लागेको मदरसा शिक्षा बोर्डले मदरसा शिक्षालाई पनि राष्ट्रिय शिक्षाको मूलधारमा समावेश गर्न सकिने उल्लेख गर्दै अध्यक्ष अन्सारीले लामो समयदेखि प्रदेश सभामा रहेको मदरसा शिक्षा बोर्डसम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्ने बताए ।

वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख झाले मुस्लिम समुदायको समस्या मुस्लिम समुदायले मात्रै उठाएर समाधान हुन नसक्ने भन्दै सबै वर्ग, समुदाय, जातजातिले एक–अर्काको समस्या उठाउनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय