जनकपुरधाम । धनुषामा एक बालक पोखरीमा डुबेर मृत्यु भएको छ ।
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ७ प्रसाहीका अनिल साहका एक वर्षीय छोरा युवराज साहको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको हो ।

घरदेखि करिब १ सय मिटर टाढा रहेको पोखरी नजिक खेल्ने क्रममा पोखरीमा डुबेका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय