जनकपुरधाम । धनुषाको धनुषाधाम स्थितको एक विद्यालयमा एक विद्यार्थीले परीक्षाकेन्द्रभित्रै चुरोटवाजी गरेको देखिएको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर ३ धनुषाधामस्थित रहेको धनुष जनता प्राविधिक उच्च माध्यमिक विद्यालयका एक विद्यार्थीले परीक्षा हलभित्रै चुरोटवाजी गरेको भिडियो बाहिर आएको छ ।

सो भिडियो खिचेर विद्यार्थी शिवम् यादव नामक समाजिक सँजाल टिकटक प्लेटफार्ममा सार्वजनिक समेत गरेको छ । कक्षा ९ मा पढने शिवम यादवको टिकटकमा हालिएको सो भिडियोमा दर्जनौ विद्यार्थीको बीच विद्यालयको कक्षाकोठाभित्रै चुरोट खाँदै गरेको भिडियो सार्वजनिक भएको हो ।

कक्षा ९ को तेस्रो सेमेस्टरको परीक्षा चलिरहँदा मोबाईल सहित गएका विद्यार्थीहरुले मोबाईबाट चिट चोर्दै गरेको भिडियो पनि देखिएको छ । परीक्षा हलमा कोही पनि गार्ड नभएको अवस्थामा विद्यार्थीहरुले आफुखुसी मोबाईलबाट चिट चोरी गरि लेखिरहेको देखिएको छ ।

कक्षा ९ को स्वास्थ्य तथा जनसँख्या विषयको परीक्षाको क्रममा परीक्षा हलभित्रै विद्यार्थीहरुले पालैपालो चुरोटको धुँवा उडाएको देखिएको छ । भिडियोमा टोपी लगाएको एक विद्यार्थीले चुरोट तानेपछि पुनः अर्को विद्यार्थीलाई दिदै भिडियो खिचिरहेको देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

https://youtube.com/shorts/zTNdxVW_b5k

सोही टिकटक आईडीमा हालिएको अर्को भिडियोमा भने विद्यार्थीहरुले मोबाईलबाट निर्वाध र निडर भएर चीट चोरी गर्दै गरेको देखिएको छ । कक्षामा सो बखत कुनै पनि गार्ड वा शिक्षकको उपस्थिति भने नदेखिनु विद्यालय प्रशासनको गैर जिम्मेवारी प्रष्टाएको छ ।

विद्यालयका प्रधानाध्यापक (हेड मास्टर) राजेन्द्र साहसँग विद्यालयको परीक्षा हलभित्रै विद्यार्थीहरुले चुरोट खाँदै गरेको भिडियोको सन्दर्भमा प्रतिक्रिया लिँदा उनले विद्यार्थीलाई कारवाही गरिएको बताए ।

परीक्षा चलिरहँदा केही क्षणको लागि मात्र शिक्षक कक्षा बाहिर गएपछि उनीहरुले बदमासी गरेको बताउँदै उनले भिडियो हाल्ने र यस्ता गतिविधि गर्ने शिवम यादवलाई परीक्षाबाट निष्कासित गरिएको बताए ।

दर्जनौ विद्यार्थीहरुको बीचमा प्रतिबन्धित गतिविधि गरिरहँदा विद्यालय प्रशासन कतिसम्म गैर जिम्मेवार रहेको भनेर प्रष्ट भएको छ । हेडमास्टर राजेन्द्र साह उपर गैरजिम्मेवारी र नेतृत्वको क्षमता उपर प्रश्न उठन थालेको छ ।

भिडियो हेरेपछि स्थानीय बुद्धिजीवीहरुले समेत प्रधानाध्यापक साहलाई विद्यालयबाट कारवाही गरी निष्कासित गर्नुपर्ने माग उठाएको छ । प्रअ साहका साथै त्यो दिन गार्ड बसेका शिक्षकलाई समेत कारवाहीको माग गरिएको हो ।

हेडमास्टर साहका अनुसार, विद्यार्थी शिवम यादवलाई तेस्रो समेस्टरको परीक्षा रद्द गरिएको हो । उनले भने, “शिवम यादव यसपाली अब पास हुन सक्दैन, फेरी एक वर्ष कक्षा ९ मै बस्नुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय