सिरहा । सिरहामा खाल्डोमा एक जनाको लास फेला परेको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर १ मिर्चैयास्थित पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टि एक खाल्डोमा ढुँगाले पुरिएको अवस्थामा शाव फेला परेको छ ।

त्यहाँ स्थित रहेको आँपको बगैचामा इटको कुर्शी जस्तो बनेको स्थानमा लास फेला परेको हो । राजमार्गसँगै करिब १० मिटरकै दुरीमा खाल्डो रहेको छ सोही खाल्डोमा लास र माथिबाट ढुँगाले पुरिएको देखिएको छ ।

इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ । प्रहरीको डग टोली पनि अनुसन्धानको लागि घटनास्थलमा पुगेको हो ।

त्यहीस्थित रहेको जीवा पूलको छेउमा एक मोटरसाईकल समेत फेला परेको हो । लासलाई अझै बाहिर निकालिएको छैनन भने मृतकको नाम ठेगाना केही पनि नखुलेको बताइएको छ ।

प्रहरीले अहिले घटनास्थललाई सील गरेको छ । चारैतर्फबाट घेरा लगाएर अनुसन्धान थालेको हो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय