रबिन्द्र प्रजापति/रौतहट । केहि समय अघि करिब २०:२० बजेको समयमा रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं. ७ धमौरा स्थित चपुर गौर सडक खण्डमा गरुडाबाट हर्षाहा तर्फ जादै गरेको बा २८ प ८७६९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टन जाँदा उक्त मोटरसाइकल चालक गम्भीर घाईते भएको छ हाल नाम थर वतन नखुलेको करिब १९ वर्षीको पुरुष घाईते भएको छ

घाईते ब्यक्तिको गरुडा स्थितमा रहेको हेल्थ ल्याण्ड हस्पिटलमा उपचार भई रहेको अवस्था सिरियस रहेको गरुडा प्रहरीले बताउनु भएको छ घाईतेको निजलाई पहिचान गर्न सकिने व्यक्तिले इलाका प्रहरी कार्यालय गरुडाको सम्पर्क नम्बर ९८५५०९०१६५ मा फोन गरी आवश्यक सहयोग गर्न इलाका प्रहरी कार्यालय गरुडाले अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय