हाम्रो जनकपुर डेस्क

जनकपुरधाम फागुन ३। सप्तरीको अग्निसाईर कृष्णा सवरन गाउँपालिका वडा नम्बर–६ मा शनिबार जङ्गली हात्तीको आक्रमणमा परि एक ६० बर्षिय बृद्व सख्त घाइते भएका छन् ।
हात्तीको आक्रमणबाट तिरहुत गाउँपालिका वडा नम्बर ५ लोहजराका रामफल मेहता घाईते भएका हुन् । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली बजारदेखि ६ किलोमीटर उत्तर वन क्षेत्रमा दाउरा काट्न गएको मेहतालाई दिउँसो १ बजे हात्तीले आक्रमण गरेका थिए ।
उनीसंगै दाउरा काट्न गएकाहरुले हात्तीले मेहतामाथि आक्रमण गरेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थाहा पाउनसाथ ईलाका प्रहरी कार्यालय महुलीका प्रहरी र स्थानीयबासी घटनास्थल पुगेर घाईते मेहताको उद्धार गरि उपचारकालागि अस्पताल पठाएका थिए । घटना स्थलमा हात्तीले मेहतालाई घाईते बनाई बाटो छेकेर बसेको अवस्थामा पट्का र आगोको सहायताले हात्ती धपाएर उनको उद्धार गरेको ईलाका प्रहरी कार्यालय महुलीका ईन्चार्ज प्रशान्त प्रसाद प्रसाईले बताए । दुवै खुट्टा भाँचिएको मेहतालाई कन्चनरुप स्थित धर्मेश्वर अस्पतालमामा प्रथामिक उपचार पछि थप उपचारकालागि धरान पठाएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्र मिश्राले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय