जनकपुरधाम : धनुषा जिल्लाको हंसपुर नगरपालिकामा दुईवटा मोटरसाइकल बिच एक आपसमा ठोक्किंदा एक जनाको ज्यान गएको छ र दुई जना गम्भिर घाइते भएका छन् ।

धनुषाको हंसपुर नगरपालिका वडा नं.९ मोरहा रुदौलीस्थित हनुमान मन्दिर नजिक पुर्वबाट पश्चिम जाँदै गरेको ज ११ प ६३९० नं.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज १० प २९७७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किंदा हंसपुर नगरपालिका वडा नं.६ का २६ वर्षिय नविन रायको ज्यान गएको प्रहरीले जनाएको छ ।

अाज शनिबार दिउँसो भएको दुर्घटनामा गम्भिर घाईते भएका रायको उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

दुर्घटना परि सोनिगामाका २५ वर्षिय संजय मुखिया र औरही गाउँपालिका वडा नं.१ का २७ वर्षिय ईनर मण्डल गम्भिर घाईते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय