श्रीकान्त झा/ जनकपुरधाम । अपहरित बृद्ध दम्पतीलाई खोज्नमा प्रहरीले सक्रियता नबढाएको भन्दै जनकपुरधाममा विभिन्न ४१ संस्थाका प्रतिनिधिले अनिश्चितकालिन रिले अनुसन सुरु गरेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका घर भएका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवीको फागुन १० मा घरबाटै अपहरण भयो। तर प्रहरीले उनको अपहरण कसले गरे र कहाँ राखेको विषयमा सुइँको समेत पाउन सकेका छैन । झा दम्पतीको अवस्था अझै अज्ञात रहेका कारण उनको परिवार चिन्तित बनेका छन्। गाउँमा त्रास पैदा भएको छ ।

जनकपुरधामको जनक चोकमा धर्नामा बसेका मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ का अध्यक्ष जानकीरमण झाले प्रहरीको अनुसन्धानमै प्रश्न उठाए । उनले भने, ‘प्रहरीको फितलो अनुसन्धानका कारण झा दम्पतीको अवस्था अझै अज्ञात छ ।’ झा दम्पतीलाई अविलम्ब अपहरणमुक्त गर्न र अपराधीलाई समातेर कडा कारबाही गर्न माग समेत गरे । उनले झा दम्पतीबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाउनुपर्ने बताए ।

प्रहरीले गम्भीर भएर विशेष अनुसन्धान गरोस् भन्ने उदेश्यले अनसन बसेको उनको भनाई छ । अपहरणमा परेको १६ दिन वितिसक्दा पनि झा दम्पतीको अवस्था अज्ञात रहँदा हत्या गरिसकेको अनुमान गरिएको छ । यद्दपी मृत्यू भएको प्रमाण पनि केहि फेला पर्न सकेका छैन । महोत्तरी प्रहरीले हालसम्म दर्जनौं व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुर गरिसकेका छन्।

चार जनालाई नियन्त्रणमा लिएर पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रदेश २ का प्रमुख डिआइजी धीरजप्रताप सिंहले विभिन्न दृष्टिकोणबाट अनुसन्धान जारी राखेपनि अहिलेसम्म क्लु फेला नपरेको बताए । उनले भने, ‘झा दम्पतीलाई माररे पोखरीमा फालेको हुनसक्ने भनेर महोत्तरी र धनुषाका ५० भन्दा बढी पोखरीमा समेत सर्च गरिसक्यौं । तर कतै फेला परने ।

अपहरित झा मालपोत कार्यालयका पूर्व कर्मचारी हुन्। उनी जग्गा विषयको विवादमा अदालतमा परको मुद्दामा साझी बसेका थिए । साक्षी बसेकै कारण उनको अपहरण भएको हुनसक्ने अनुमान धेरैको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय