जनकपुरधाम । नेपाल आयल निगम धनुषाको सखुवा महेन्द्रनगर अन्तर्गत डिपोका ट्यांकर चालक संघका अध्यक्ष जोगी यादव पक्राउ परेका छन् ।

भारत बिहारको बरौनीबाट ढुवानी हुने ट्यांकरबाट पेट्रोल चुहावट भएको पाइएपछि चालकसंघका अध्यक्ष यादवलाई मंगलबार प्रहरीले पक्राउ गरको हो ।

यादवलाई पक्राउ गरको विरोधमा ट्यांकर चालकहरु आजैदेखि तेल ढुवानी बन्द गरेका छन् । उनीहरुले डिपो प्रमुख मनोज साहले चालकहरुलाई अनावश्यक लान्छना लगाई फँसाउन खोजेको भन्दै आन्दोलनमा उत्रेका छन् ।

भारत विहारको बरौनीबाट ल्याउने ट्यांकरबाट ५० लिटरसम्म पेट्रोल चुहावट भएको पाइएपछि कार्यालयले चारवटा ट्यांकरलाई कारबाही स्वरुप भिठामोड बोर्डरमै रोकेको छ । सोहि ट्यांकर ल्याउन गएका चालक संघका अध्यक्ष यादवलाई डिपोले प्रहरीलाई भनेर पक्राउ गर्न लगाएको चालकहरुको अरोप छ ।

ढुवानीमा सेन्टिग्रेड (आलोपालो) प्रणालीका कारण पटक पटक डिपो र चालकहरुबिच विवाद हुने गरेको व्यवसायीहरुले बताएका छन् ।

कार्यालयले चुहाबटमा परेका ट्यांकरलाई चुहाबटको दोब्बर तेल भर्नुपर्ने तथा त्यस्तो ट्यांकरलाई चारदिनसम्म लोड तथा अनलोड गर्न रोक लगाउने जस्ता कारबाही गर्ने गरेको जनाएको छ ।

सखुवा महेन्द्रनगर डिपो अन्तर्गत धनुषा, महोत्तरी र सिन्धुलीको पेट्रोलियम पदार्थ ढुवानी हुने गरेको छ । पेट्रोल भारतको बरौनीबाट र डिजेलको ढुवानीे अमलेखगञ्जबाट हुने गरकेो छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय