सिरहा । सिरहाको मिर्चैयामा प्रहरीले ठूलो परिमाणमा अवैध रुपमा उत्पादित गरिएको घरेलु मदिरा २५ सय लिटर नष्ट गरेको छ ।

सोमबार मिर्चैया नगरपालिका–७ मुलावारि गाउँबाट ईलाका प्रहरी कार्यालय मिर्चैयाले साढे २५ सय अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो ।

मदिरा बिक्री वितरणका सञ्चालित भट्टीमा छापा हानी सो परिमाणको मदिरा बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक रामकुमार महतोको कमाण्डमा खटेको प्रहरी टोलीले बरामद गरेको कच्चा पदार्थ २५ सय लिटर सोही स्थानमा नष्ट गरिएको र तयारी ५० लिटर मदिरा कार्यालयमा ल्याई नष्ट गरिएको प्रहरीले जनाएको छ ।

योसँगै प्रहरीले भट्टीबाट साना र ठूला गरि २० थान भाडाकुडा पनि नियन्त्रणमा लिएको छ ।

त्यसक्षेत्रमा व्यापकरुपमा अवैध मदिरा उत्पादन र ओसारपसार भइरहेका सूचनाका आधारमा निगरानी बढाइएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताए ।

मदिराकै कारण समाजमा विभिन्न किसिमका अपराधिक घटना निम्त्याउने गरेको भन्दै मदिरा नियन्त्रण अभियानलाई आफूले निरन्तर राख्ने पनि उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय