रबिन्द्र प्रजापति/रौतहट ।रौतहटबाट हराएको मोटर साइकल प्रहरीले सवारी धनीलाई जिम्मा लगाएकाे छ।

गएको आईतवार २३ गते राती करिब ९:०० बजेको समयमा रौतहट जिल्लाको मध्य भागमा रहेको कटहरिया नगरपालिका वडा ५ स्थित कटहरिया बस्ने गणेश प्रसाद जयसवालको छोरा ३० बर्षिय ओम प्रकाश जयसवालको पल्सर मोटरसाईलक चोरी भएको थियो ।

ना ४३ प ८०१९ नम्बरको १५० सि.सि. पल्सर मोटर साइकल कटहरिया बजारबाट हराएको सो खोज तलासको लागि खटेको प्रहरी टोलीले रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं.७ उचिडिहमा वेवारिसे अवस्थामा फेला पारी उक्त मोटर साइकल धनी ओम प्रकाश जयसवाललाई जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय गरुडा का डि एस पी रवि रावलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय