सिरहा,फाल्गुन ३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर –५ मा रहेका सुकुम्वासी बस्ती खाली गराउन भूमाफिया बन्दुकसहित पुगेका छन् ।

भूमाफिया मिर्चैया नगरपालिका–५ का वीरेन्द्र साह पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया–५ को उत्तरपट्टि जीवा खोला छेउमा रहेको सुकुम्बासी बस्ती डोजर लगाएर खाली गराउन दुई नाले बन्दुकसहित पुगेका थिए ।

उक्त बस्तीमा ३८ घरपरिवार दलित पासवान, मुसहरलगायतका जाति बस्दै आएका छन् । भूमाफिया साह दुई नाले बन्दुकसहित पुगेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले झडप हुन सक्ने भन्दै प्रहरी पठाएका थिए ।

अमिन ल्याएर र प्रक्रिया पु¥याएर मात्र जग्गा खाली गराउने भन्ने सहमतिमा पुगेपछि घर नभत्काएको डिएसपी जैसवालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय