जनकपुरधाम, फागुन ३ गते ।प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका एकदर्जन युवाहरु पक्राउ परेका छन् । शनिवार बिहान जनकपुरको जानकी हेल्थकेयरमा एक खोप कार्यक्रममा सहभागि हुन गएका मन्त्रीसाहलाई युवाहरुले घेरेर कालोमोसो गर्ने योजना बनाएर नाराबाजी गरिरहेका राजपा नेपालका झण्डै १ दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।कालोमोसो गर्ने युवाहरले योजना बनाएर प्रवेशद्वार नै अवरुद्ध गरेर बसेपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । युवाहरुले कार्यक्रम स्थलमै मन्त्रीलाई घेरेपछि झण्डै १ घण्टा उनलाई अस्पतालमै बस्नु परेको थियो । पछि प्रहरी परिचालन गरी युवाहरुलाई पक्राउ गरी मन्त्री साहलाई सुरक्षितसाथ गन्तव्य स्थल पुर्याइएको छ । त्यस क्रममा राजपा नेपालका हिरेन्द्र सिंह लगायतका केहि युवाहरुले मन्त्री साहलाई कालो झण्डा समेत देखाएका छन् ।शुक्रबार राजपा नेपालका धनुषा जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा मन्त्री साहको चेम्बरमा गुनासो गर्न पुगेका थिए । मन्त्रालय र मन्त्रीको कामाकारबाहीको विषयमा असन्तुष्टि व्यक्त गर्दा मन्त्री साहले नेता झालाई तपाईको के औकात भनेर भनेका थिए । त्यसपछि नेता झाले समाजिक संजालमा मन्त्री साहलाई औकात भए जनकपुरको कुनै कार्यक्रममा सहभागि भएर देखाउन चुनौती दिँदै यदि सहभागि भए कालोमोसो गर्ने चेतावनी दिँदै लेखेका थिए । मन्त्री साह राजपा नेपालबाट सरकारमा सहभागि छन् । उनले यसअघि पनि पटक पटक विवास्पद अभिव्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय