जनकपुरधाम
मुटु रोगले ग्रसित जिल्ला धनुषाका मिथिला नगरपालिका ३ गाउँ हरिहरपुर बस्ने अन्दानी बर्ष ३२ का पिडित सिजे साहलाई२०७६/१०/२९गते बुधवार के दिन “सम्मान मधेश” कतार परिवार द्वारा आर्थिक सहयोग गरेका छन् ।

कतारमा क्रियाशिल “सम्मान मधेश” संस्थाद्धारा धनुषाका मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने अन्दानी बर्ष ३२ का सिजे साहका परिवारलाई “सम्मान मधेश” कतार का पदाधिकारीहरुले २५ हजार ५ सय ५१ नगद आर्थिक सहयोग गरेका छन् ।

सिजे साहको परिवारलाई सम्मान मधेशका कतारका अध्यक्ष श्रीप्रताप साह र संस्थाकै पदाधिकारी शम्भु चौधरीले उनको घरमै पुगेर उनको आमा बुवा र श्रीमतिलाई नगद हस्तानान्तरण गरेका छन् ।

मुटु रोगबाट ग्रसित साह हाल काठमाडौंको बाँसबारी स्थित मनमोहन हस्पिटलमा अस्पतालमा उपचाररत रहेका छन् । साहको उपचारको लागि ५ लाख रुपैयाको आवश्यकता भएको बताएपनि कतार बाट जति भए सकेसम्म आर्थिक सहयोग गरेका छन्।
“सम्मान मघेश”कतार परिवार द्वारा पिडत सिजे साह लाई कतार बाट साउथ ट्रेनिङ्ग अलजलुम दलान,10नम्बर दलान,34नम्बर दलान,41नम्बर दलान को पदाधिकारी सरहरू छलफल गरेर सबै मिलेर सिजे साह लाई आर्थिक सहयोग गरेको। “सम्मान मधेश”कतार को पदाधिकारी सहयोगि हातहरू अगाडि बढाउने हातलाई तन:मन:धन:ले दिल संग धन्यवाद।दिदै “सम्मान मधेश”कतार का अध्यक्ष:- श्री प्रताप साह ले भन्नू भएको छन्।

उनको उपचाररार्थ सिजे बचाउन अभियान संचालन गरिएको छ।
साहको उपचारमा ५ लाख चाहिने भएमा १ लाख रुपैयाँ अस्पतालले छुट गर्ने र उनलाई ४ लाख रुपैयाँको।सिजे साह उपचारको लागि आवश्यकता देखिन्छ ।
उनको परिवार र छर छिमेकी ले सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय