प्रणय दिवस (भ्यालेन्टाइन डे) का दिन धरानको शिवजट्टा जाने बाटोको गैरीगाउँका बासिन्दाले पनि भ्यालेन्टाइन डेमा केटा र केटी घुम्न आए भन्ने सोचेका थिए । तर ती जोडीले एकाएक आत्महत्याको प्रयास गर्न थालेपछि उनीहरु अचम्मित भए । गाउँमा हल्लाखल्ला भयो । केटाले बियरको बोटल फुटाएर घाटिमा रेट्न खोजे । अनि नजिकै सिउरिएर राखिएको फलामको रडले आँफै घोपिन पुगे ।

यसरी आत्महत्याको प्रयास गरिरहेका युवालाई गाउँलेले रोके । ती युवा बेहोस भए । युवती ती युवाको नजिकै घोप्टिएर रुन थालिन् । गैरीगाउँबासीले प्रहरीलाई खबर गरे । प्रहरी नआई घाईतेलाई उद्दार गर्न पनि स्थानीय डराए । प्रहरी आएपछि घाइते युवालाई उपचारका लागि अस्पताल लगियो । भ्यालेन्टाइन डेका दिन धरानको शिवजट्टा जाने बाटोको गैरीगाउँमा यस्तो घटना घट्यो ।

घाइते युवाको अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । आत्महत्या प्रयास गर्ने युवा सहिदभूमी गाउँपालिका ६ छिन्ताङ धनकुटाका रुकमान राई रहेको प्रहरीले जनाएको छ ।सभार संचार पार्टी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय