जनकपुरधाम,

प्रदेश २ को प्रादेशि अस्पताल जनकपुरमा पहिलो पटक एटीएम सेवा संचालनमा आएको छ । सेन्चुरी कमर्सियल बैंकले प्रादेशिक अस्पताल जनकपुरमा पहिलो पटक एटीएम सेवा सञ्चालनमा ल्याएको हो । शुक्रबार बिहान एक कार्यक्रम बिच एटीएम सेवाको उदघाटन गरिएको हो । सेञ्चुरी कमर्सियल बैंकका जनकपुर शाखा प्रवन्धक नविन झाको अध्यक्षता तथा सेञ्चुरी बैंककै क्षेत्रीय प्रमुख सौरभ चौधरीको प्रमुख आतिथ्यमा एटीएम सेवाको उदघाटन गरिएको छ ।
सो अवसरमा प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा. नागेन्द्र यादव, प्रादेशि अस्पताल विकास समितिका अध्यक्ष संजय सिंह, उद्योग बाणिज्य संघ जनकपुरका अध्यक्ष ललित साह लगायत बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।बिरामी एवं कुरुवाहरुलाई रकम झिक्न सहज होस् भन्ने उद्देश्यले प्रादेशिक अस्पतालमै एटीएम सेवा सञ्चालनमा ल्याएको सेञ्चुरी बैंकका जनकपुरका प्रबन्धक नविन झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय