जनकपुरधाम । नेपाल सरकारको शहरी विकास मन्त्री प्रभु साहले स्थानीयहरुको गहुँ बाली नष्ट गरेर मेला लगाउन थालेको स्थानीयहरुले आरोप लगाएको छ । रौतहट जिल्लाको मौलापुरमा आगामी फागुन २७ गते आयोजना गरिएको मौलापुर महोत्सव मेलाको लागि मन्दिरको अगाडीमा रहेको गहुँबालीलाई नष्ट गरेर मेला लगाउने तयारी गरेको एक महिलाले बताएकी छन् ।

समाजिक सँजालमा अपलोड गरिएको एक भिडियोमा स्थानीय एक महिलाले मन्त्री प्रभु साहले मेला लगाउनको लागि आफ्नो ५ कठ्ठा जमिनमा लगाएको गहुँ बाली नाश गरिदिएको बताएकी छन् ।

मेलाकै लागि पहिलेदेखि नै आसपासको जग्गामा समेत बाली लगाउन नदिएको आरोप लगाउँदै ती महिलाले लगाएको बालीलाई समेत नष्ट पारिदिएको भन्दै भक्कानिए । उनले बाली लगाउन नदिएको जमिनको मुआब्जा समेत नदिने गरी लगाइएको बालीको पनि उचीत मुआब्जा नदिएको भन्दै भक्कानिए ।शिवरात्रीको अवसरमा फागुन २७ गते मौलापुर महोत्सव भन्दै मन्त्री साहले नै आयोजना गर्न लागेको बुझिएको छ । त्यसको लागि मुआब्जा कम दिएको भन्दै स्थानीय किसानहरु पीडित भएको बताइएको छ ।

समान्यत एक कठ्ठामा कम्तीमा पनि ३ मन अर्थात करिब सवा क्वीन्टल गहुँ उब्जीने गरेकोमा मन्त्री साहले ठाडो रुपमा कुनै सहमति नै नगरी अढाई मनको प्रति कठ्ठा लिएर जग्गा बाँझो राख्न भनेको बताइएको छ । बाँझो बाहेकका जग्गामा लगाइएको गहुँ बाली नष्ट गर्न थालेपछि स्थानीयहरुले मन्त्री साहले गुण्डागर्दी गरेको आरोप पनि लगाएका छन् । मौलापुर नगरपालिकाकी मेयर प्रभु साह कै श्रीमती हुन्, उक्त कार्यक्रममा भोजपुरी नायिका अक्षरा सिंह पनि मनोरन्जनात्मक कार्यक्रमका लागि आउन लागेको बुझिएको छ ।यद्यपी, मन्त्री साहले उनीहरुसँग पहिले नै कुराकानी गरी मुआब्जाको कुरा मिलाएको बुझिएको छ । स्थानीयहरुले मुआब्जा अझै थप्नुपर्ने मनसाय देखाएपनि खुल्ला रुपमा भने बोल्न सकेका छैनन् । यसबारे मन्त्री साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय