जनकपुरधाम । प्रदेश २ को रौतहटमा पूर्वमन्त्री योगेश भट्टराई चढेको गाडीको ठक्करबाट साइकल यात्री घाइते भएका छन् ।

रौतहटको चन्द्र निगाहापुरमा भट्टराई चढेको ज.१ झ ४२७ नम्बरको गाडीले ठक्कर दिदा ५५ वर्षीय इन्द्रपसाद घिमिरे घाइते भएका हुन् ।

प्रचण्ड–माधव समूहका नेता भट्टराई जनकपुरमा आयोजना भएको एक कार्यक्रमबाट सहभागि भई हेटौंडा तर्फ जाँदै गर्दा साँझ सवा ७ बजे सो दुर्घटना भएको थियो ।

घाइते घिमिरेलाई उपचारका लागि काठमाडौं पठाइएको रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिबिक्रम शाहले जानकारी दिए ।

नेता भट्टराईले नै स्वयम् घाइतेको उपचारमा चा“सो देखाउ“दै काठमाडौं उपचारको लागि पठाएका हुन् । ठक्कर दिने सो गाडीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय