जनकपुरधाम । गएको सोमबार राति पिपरा गाउँपालिका–५ सहोडवास्थित घरमासुतेको ठाउँबाट ६६ बर्षीय मुसाफिर झा र उनकी पत्नी ६० बर्षीया गीतादेवी अोछ्यान सहित बेपत्ता भएका थिए ।
अघिल्लो साता घरबाटै वेपत्ता भएका महोत्तरी पिपराका बृद्ध दम्पतिको अझै भेटिएको छैन ।

प्रहरीले तिव्र खोज अनुसन्धान गर्दा पनि झा दम्पती हालसम्म फेला पर्न सकेका छैन ।

मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी झा आफ्ना श्रीमती, बुहारी र नातिनातिनासँग बस्दै आएका थिए । उनी लोहारपट्टी नगरपालिकाको मोही जग्गामा साक्षी बसेका थिए । उनी साक्षी बसेकै कारण जग्गावाला पक्षले अपहरण गरेको हुन सक्ने आंकलन गरिएपनि प्रहरी अहिलेसम्म अनुसन्धान भइरहेको बताउँछ ।

विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

अनुसन्धान गर्ने क्रममा आएका कतिपय कुरा औपचारिक रुपमा भन्न नमिल्ने उनले बताए ।

बेपत्ता भएको अोछ्यान नजिक र सडकमा समेत रगतको छिटा भेटिएकाले दम्पतीको हत्या भएको हुन सक्ने अाशंका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय