सप्तरी । सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१४ डलवा स्थित काेशिमा अाज एक जना पुरुषको वेवारिसे अवस्थामा शाव फेला परेकाे छ ।

उहाका अनुसार फेला परेकाे शवकाे पहिचान ( सनाखत) हुन नसकेकाे तथा साे पुरुष काेशिमे बगेर अाएकाे अवस्थामा फेला परेकाे बताउनुभयो ।

अन्दाजि ३५ बर्षिय पुरुषकाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज सय सन्जय न्याेपानेले जानकारी दिनुभयाे ।

अहिलेसम्म मृतककाे पहिचान खुलेको अथवा भएकाे छैन । उनकाे मानसिक सन्तुलन ठिक नरहेकाे तथा उनकाे साथबाट एउटा आइडि कार्ड समेत फेला परेकाे तथा साे घटनाकाे सम्बन्धमा अावश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मृतककाे शव नेपाल तथा सशस्त्र प्रहरीकाे सन्युक्त टाेलिले उदार गरि शवलाइ पाेष्टमाटृसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अन्चल अस्पतालमा पठाएको तथा घटनाकाे सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय