आज (बिहीबार) विश्व रेडियो दिवस। स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सामाजिक तथा सास्कृतिक सङ्गठन युनेस्कोले सन् २०११ देखि फेब्रुअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो। रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ। रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकबीचको अन्तर्रा्ष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोले सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो।
विश्वमा व्यावसायिक रेडियो प्रसारण सुरु भएको सय वर्ष भएको छ भने नेपालमा भने रेडियो प्रसारण सुरु भएको ६९ वर्ष पुगेको छ। नेपालमा पहिलोपटक भोजपुरबाट २००३ सालमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि विराटनगरबाट प्रजातन्त्र रेडियोका नाममा रेडियो सुरु भएको हो।
सरकारीस्तरबाट २००७ साल चैत २० गते सिंहदरबारमा रेडियो नेपालको स्थापना गरिएको थियो। यस्तै २०५२ सालदेखि एफएमको प्रसारण सुरु भएको हो। नेपालमा अहिले इजाजत प्राप्त एफएम रेडियोको सङ्ख्या सात सय ४० पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय