काठमाडौं । मन्त्रिपरिष्दको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् ।

तर, परियारलाई पदमुक्त गर्नुको कारण भने खुलाइएको छैन । राजनीतिक दलहरुले राष्ट्रपतिको यो कदमको विरोध गरेका छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यलयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा शुक्रबारै राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । झाले शुक्रबारै शपथ लिएका छन् । राजेश अहिराजका रुपमा चिनिने झाले आफैँ प्रकाशक तथा सम्पादक रहेको पत्रिका मधेशवाणीमा तत्कालीन भूमिगत समूहमा भर्ना खुलेको भन्दै विज्ञापन छापेका थिए ।

यही विषयमा राज्यविरुद्धको अपराधमा उनी गिरफ्तार परेका थिए । भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) को सशस्त्र समूहमा भर्ना खुलेको भन्दै विज्ञापन छापेका थिए ।
नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय