धनुषा, २९ माघ । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यायका डिन र भिसीको कार्य कक्षमा ताला लगाइएको छ ।
विद्यार्थी भर्नामा आर्थिक चलखेल भएको भन्दै नेविसंघले कार्यकक्षमा तालावन्दी गरेको हो ।
नेविसंघका सुजीत मिश्रको नेतृत्वमा गएको टोलीले ताला लगाएको हो । विद्यार्थीहरुले डीन र भिसीले आफूखुशी अनियमिततामा लिप्त भएको र विद्यार्थीको शोषण समेत गरेको आरोप लगाएको छ । यता क्याम्पसका डीन जुगेस्वर साहले नेविसंघद्वारा लगाइएको आरोप तथ्यहीन र भ्रामक रहेको बताएका छन् ।
आफूहरुले बिधि र नियम संगत ढंगले नै परीक्षा लिएको साहको दावी छ । नियम विपरितको कार्य भए छानविन गरि कारवाही गर्नु पर्ने भए पनि एक्कासी कार्य कक्षमा ताला लगाउन गलत भएको साहको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय