जनकपुरधाम : जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्राध्यापकहरु उपस्थित नभएपनि हाजिरी नियमित रुपमा बनेको पाइएको छ ।

राराब क्याम्पसमा अध्यापन गराउने प्राध्यापकहरुले पैसा सरकारको खान्छन् । तर, समय भने निजी क्याम्पसहरुमा दिने गरेका छन् । प्राध्यापकहरु क्याम्पसमा नियमित उपस्थित नभएपनि हाजिरी रजिष्टरमा भने उनीहरुको उपस्थिती रहन्छ । क्याम्पसमा प्राध्यापकहरु नआएपनि फर्जी हस्ताक्षर रजिष्टरमा विद्यार्थीले पाएपछि उनीहरुले मंगलबार सो रजिष्टर नियन्त्रणमा लिएका छन् । नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र राष्ट्रिय विद्यार्थी संघ लगायतकाहरुले रजिष्टर नियन्त्रणमा लिएका हुन् । राराब क्याम्पसमा अंग्रेजी विषयको अध्यापन गराउँदै आएका प्राध्यापकद्धय ईन्द्रदेव यादव र भोगेन्द्र अधिकारी महिनामा दश दिन क्याम्पस आउँछन् तर उनीहरुको हाजिरी भने नियमित रुपमा बनेकै रहन्छ, बिबिए दोस्रो वर्षमा अध्ययनरत्त विद्यार्थी आनन्द झाले आरोप लगाए ।

यता क्याम्पसका प्रमुख विरेन्द्र यादवले प्राध्यापक विरामी रहेकाले क्याम्पसमा आएपनि पढाउन नसकेको बताए । उनले प्राध्यापकहरु नियमित रुपमा आउने गरेको दावी समेत गरे । उनले भने, ‘यहाँ प्राध्यापकहरु एकआध दिनबाहेक प्रायः नियमित आउने गर्दछन् ।’

स्थापनाकालदेखि ६० वर्षभन्दा बढी यात्रा पार गरिसकेको राराब क्याम्पस देशभरिकै उत्कृष्ट क्याम्पसमा पर्थ्यो । यहाँबाट उतीर्ण भएका विद्यार्थीहरूलाई हेर्ने दृष्टिकोण नै फरक हुने गर्दथ्यो । राराब क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरू मुलककै चर्चित डाक्टर, इन्जिनियर बन्न सफल भएका छन् । यसका साथै सफल प्रशासक र राजनीतिज्ञ बन्ने अवसर समेत पाएका छन् । तर वर्तमान परिवेशमा यहाँको शैक्षिक अबस्था खस्किदैं गएको देखिएको छ ।
सभार द नेपाल टप

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय